काठमाडौं । नेपाली कांग्रेसको विशेष महाविधेशनमा महामन्त्री पदमा विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र जगदिश्वर नरसिंह केसीको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोग स्रोतले दिएको जानकारीअनुसार तीनजनाको उम्मेदवारी दर्ता भएको हो ।
यसअघि सभापति पदमा गगन थापाको मात्र उम्मेदवारी परिसकेको छ । आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले वार्ता गरेतापनि सफल भएन । भृकृटीमण्डपमा जारी कांग्रेस महाधिवेशनमा सभापति पदका लागि गगन थापाको मात्रै उम्मेदवारी परेको छ ।












