काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् । आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन समिति स्रोतका अनुसार सभापतिमा थापाको मात्रै मनोनयन दर्ता भएको हो । यसैगरी अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको स्रोतले जनाएको छ ।
बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले वार्ता गरेतापनि सफल भएन । भृकृटीमण्डपमा जारी कांग्रेस महाधिवेशनमा सभापति पदका लागि गगन थापाको मात्रै उम्मेदवारी परेको छ ।
स्रोतका अनुसार अरू कसैले सभापति पदमा उमेदवारी दिएका छैनन् । निर्वाचन समितिका अनुसार ११ः१५ सम्म मनोनयन दर्ताको समय तोकिएको थियो । दिउँसो १ बजेसम्म उमेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।












