३ फाल्गुन २०८२, आइतबार

राष्ट्रपति पौडेलद्वारा माघ ४ गतेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान


राष्ट्रियसभाबाट निजामती सेवा विधेयक पारित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभा बैठक आह्वान गरेका छन् । राष्ट्रपति पौडेल;ए आगामी माघ ४ गते आइतबारका लागि बैठक आह्वान गरेका हुन् ।

राष्ट्रपतिको कार्यालयले आज सोमबार विज्ञप्ति जारी गर्दै राष्ट्रियसभा बैठक आह्वान गरेको जनाएको हो । यसअघि मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

“सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्‌को मिति २०८२/०९/२८ को सिफारिसमा संवत् २०८२ साल माघ ४ गते आइतबारका दिन ११:०० बजे संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ,” राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !