२ फाल्गुन २०८२, शनिबार

माघ ४ गते मेयर पदबाट राजीनामा दिने बालेनको तयारी


बालेन शाह

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आउँदो माघ ४ गते राजीनामा दिएर प्रधानमन्त्री बन्न चुनावमा होमिने तयारी गरेका छन् । वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका मेयर साहलाई प्रधानमन्त्रीको रुपमा अघि सारेको छ ।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नु दुई दिनअघि मेयर पदबाट राजीनामा दिने तयारी गरेको बालेनको सचिवालयका एक सदस्यले जानकारी दिए । निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन माघ ६ गते तोकिएको छ ।

यसबीच बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै झापा–५ बाट उम्मेदवारी दिने तयारी पनि गरिरहेका छन् । यसका लागि उनले आइतबार झापाका नेताहरूसँग डेढ घन्टा छलफल गरे । ललितपुर–१०, ज्वागलस्थित आफ्नो सचिवालय सदस्य कुमार बेनको घरमा मेयर बालेनले रास्वपा झापा अध्यक्ष प्रकाश पाठक, सचिव शम्भु सुस्केरा सहितको टोलीसँग कुराकानी गरेका हुन् । अध्यक्ष पाठकका अनुसार कुराकानी क्रममा मेयर बालेन झापा–५ बाट लड्ने निधोमा पुगिसकेको बताएका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु