१ फाल्गुन २०८२, शुक्रबार

बरु विष पिउँछु तर पार्टी फुट्न दिन्नँ : गगन थापा


गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विष पिएर भए पनि पार्टी फुट्न नदिने बताएका छन् । कांग्रेसका महामन्त्री थापाले जुनसुकै अवस्थामा पार्टी एकता कायम राख्ने दृढता व्यक्त गरेका हुन् ।

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको एक भिडियोमार्फत महामन्त्री थापाले विष पिएर भए पनि पार्टी फुट्न नदिने बताएका हुन् ।

साँच्चिकै अप्ठेरो अवस्था आए विष पिएर भए पनि एकता कायम राख्ने उनको भनाइ छ । कांग्रेस नेता डा. चन्द्र भण्डारी र डा. सुनील शर्मासँगको संवादको क्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् ।

थापाले जेनजी आन्दोलनपछिको अवस्थामा नौजवानहरूले नेपाली कांग्रेसमाथि प्रशस्तै प्रश्न उठाइरहेको तर, तिनीहरूलाई चित्तबुझ्दो जवाफ दिन नसकिएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु