१ फाल्गुन २०८२, शुक्रबार

यी हुन् राष्ट्रियसभा निर्वाचनका लागि एमालेका ८ उम्मेदवारहरु


नेकपा (एमाले) फाइल फोटो

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेले ८ जना उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेस र जसपा नेपालसँगको भागबण्डा सहमतिअनुसार कांग्रेसले ८ सिटमा उम्मेदवारी दिनेगरी एमालेले उम्मेदवारको टुंगो लगाएको हो ।

जसअनुसार एमालेले कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेललाई उम्मेदवार बनाएको छ । यस्तै मधेस प्रदेशबाट रेखा झा, बागमतीबाट प्रेम दंगाल र गण्डकी प्रदेशमा सम्झना देवकोटाले उम्मेदवारी दिने निर्णय एमालेले गरेको छ ।

यसैगरी एमालेले लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लिला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले बताए । उम्मेदवारहरुले आजै उम्मेदवारी दर्ता गराउँदैछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !