१ फाल्गुन २०८२, शुक्रबार

काँग्रेस राष्ट्रियसभा उम्मेदवारमा भागबण्डा : देउवाका ६, शेखरका ३, गगनको शून्य


शेरबहादुर देउवा, शेखर कोइराला र गगन थापा

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आफ्ना उम्मेदवार अघि सारेको छ । राष्ट्रियसभा उम्मेदवार अघि सार्दा कांग्रेसले भागबण्डाका आधारमा गरेअनुसार सभापति शेरबहादुर देउवानजिकका ६ जना र डा. शेखर कोइराला निकटका ३ जना रहेका छन् ।

महामन्त्री गगन थापाको भागमा भने कुनै पनि उम्मेदवारले भाग पाएनन् । थापाले फरक मत राख्दै राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्न नहुने अडान राखेतापनि बहुमतले निर्णय गरेको थियो ।

कोइराला निकटका तीनजना उम्मेदवारमध्ये मधेस प्रदेशबाट रञ्जित कर्ण, वाग्मतीबाट गीता देवकोटा र लुम्बिनी प्रदेशबाट बासुदेव जंगलीलाई उम्मेदवार बनाइएको छ ।

देउवानिकट ६ जना उम्मेदवारहरुमा सुनीलबहादुर थापा, धर्मेन्द्र पासवान, जगत तिमिल्सिना, चन्द्रबहादुर केसी, ललितजंग शाही, खम्मबहादुर खातीलाई रहेका छन् । यी नामहरु नेकपा एमालेसँगको तालमेलपछि टुंगो लगाइएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !