१ फाल्गुन २०८२, शुक्रबार

गुण्डु पुगेर जाँचबुझ आयोगले ओलीसँग लियो ‘लिखित स्टेटमेन्ट’


अन्तत: जाँचबुझ आयोगले केपी शर्मा ओलीलाई बयानमा बोलायो

काठमाडौं । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भनाइ राखेका छन् । जाँचबुझ आयोग सम्बद्ध स्रोतले ओलीले आयोगमा ‘आफ्नो स्टेटमेन्ट दिएको’ पुष्टि गरेको हो ।

आयोगको टोली पत्र लिएर ओलीलाई भेट्न गएपछि ओलीले मौखिक रुपमा नभई लिखित रुपमा नै आफ्नो दृष्टिकोण र जवाफ पेस गरेका थिए । जाँचबुझ आयोगमाथि प्रश्न उठाउदै पूर्वप्रधानमन्त्री ओली सिंहदरबारमा पुगेर बयान दिन अस्वीकार गरेका थिए ।

तर पछिल्लो समय आफ्नो भनाइ फेर्दै ओलीले गुण्डुमा आए आयोगको टोलीलाई चिया खुवाएर पठाउने धारणा राखेका थिए । निकै गोप्य रुपमा पत्र तयार गर्नुका साथै आयोगको टोली ओलीसँग भेट्न गएको थियो ।

आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ । लेखकको बयान सकिएसँगै पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र लेखेको हो ।

आयोगले यसअघि लेखक, सुरक्षा निकायका प्रमुखहरू, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारीलगायतसँग बयान लिइसकेको छ । तीन महिना म्याद पाएको आयोगले कामकारबाही नसकेपछि एक महिना थपिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !