१ फाल्गुन २०८२, शुक्रबार

अन्तत: जाँचबुझ आयोगले केपी शर्मा ओलीलाई बयानमा बोलायो


अन्तत: जाँचबुझ आयोगले केपी शर्मा ओलीलाई बयानमा बोलायो

काठमाडौँ । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ । आयोगका एक पदाधिकारीले दिएको जानकारीअनुसार उनलाई आयोगमा बयानका लागि बोलाउँदै आज आइतबार पत्र काटिएको हो ।

अध्यक्ष ओलीले भने यसअघि नै आयोगमा नजाने अडान सार्वजनिक गरिसकेका थिए । सार्वजनिक रुपमै बयान दिन नजाने, किन जाने ? भन्दै प्रतिवाद गरिरहेका ओलीलाई आयोगले पत्र पठाएको हो ।

आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ । लेखकको बयान सकिएसँगै पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र लेखेको हो ।

आयोगले यसअघि लेखक, सुरक्षा निकायका प्रमुखहरू, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारीलगायतसँग बयान लिइसकेको छ । तीन महिना म्याद पाएको आयोगले कामकारबाही नसकेपछि एक महिना थपिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !