३ फाल्गुन २०८२, आइतबार

ओली र प्रचण्डबीच भेटवार्ता, कांग्रेससँग चुनावी तालमेलको प्रयास


सिंहदरवारमा प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता फाइल फोटो

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । दुई नेताबीच आज आइतबार बिहान ललितपुरको च्यासल स्थित एक घरमा भेटघाट भएको हो ।

दुई नेताबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता भएको हो । उनीहरुबीच राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा तालेमेल गर्नेबारे छलफल भएको बताइएको छ ।

आउँदो माघ ११ गते राष्ट्रियसभा र फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ । चुनावी गठबन्धनका विषयमा प्रमुख दलका शीर्ष नेताहरूबीच संवाद जारी रहेको नेताहरू बताउँछन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच चुनावी तालमेलका लागि नेताहरूबिच अनौपचारिक कुराकानी हुँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !