२ फाल्गुन २०८२, शनिबार

गोरखा-२ बाट एमालेद्वारा चक्रे मिलनलाई उम्मेदवार सिफारिस


चक्रे मिलन

काठमाडौँ । नेकपा एमालेले गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा चक्रे मिलन भनेर चिनिएका मिलन गुरुङको नाम सिफारिस गरेको छ ।

गोरखा निर्वाचन क्षेत्रीय कमिटीले शुक्रबार गुरुङको नाम सिफारिस गरेको युवा सङ्घ नेपालका केन्द्रीय सदस्य तथा गोरखाका युवा नेता प्रविण अधिकारीले जानकारी दिए ।

अधिकारीले युवाहरूको मागअनुसार गुरुङको नाम सिफारिस गरिएको भन्दै निस्वार्थ रूपमा राजनीति र समाजसेवाका लागि अघि बढ्नेहरूलाई गोरखामा स्वागत गरिने बताए ।

देशभर मिलन गुरुङ (चक्रे मिलन)नामले परिचित उनी लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएको दाबी गर्छन् । कहिलेकाहीँ आफूलाई ‘गुण्डा’ जस्ता आरोप लगाएर दुःख दिने प्रयास भएको भएपनि आफू एक साधारण नागरिकका रूपमा समाजसेवामै समर्पित रहेको बताउने गरेका छन् ।

गुरुङका अनुसार उनी २०५० सालतिरदेखि नै नेकपा एमालेमा सक्रिय रहँदै आएका छन् । समाजका विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएका कारण गोरखाली जनताले आफूलाई जिताएर संसद्‌मा पठाउनेमा ढुक्क रहेको उनको भनाइ छ ।

डा. बाबुराम भट्टराईको निर्वाचन क्षेत्र मानिने उक्त क्षेत्रमा २०७९ को निर्वाचनमा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका थिए । उक्त क्षेत्रमा यो पटक जेनजी अगुवा सुदन गुरुङ पनि निर्वाचन लड्ने चर्चा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु