२ फाल्गुन २०८२, शनिबार

गगन र विश्वद्वारा कांग्रेस नियमित महाधिवेशन स्थगन


गगन थापा र विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन स्थगित गरेका छन् । आज बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै थापा र शर्माले विकल्प विशेष महाधिवेशन मात्रै भएको बताएका हुन् ।

नियमित महाधिवेशन स्थगन गरिएकाे बताउँदै उनीहरुले विशेष महाधिवेशन विकल्प भएकाे बताए । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी यसै सूचना मार्फत नियमित महाधिवेशन स्थगित गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ।

जारी विज्ञप्ति अनुसार महाधिवेशनको मिति तय भइसकेपछि क्रियाशील सदस्यता नवीकरण अन्तिम चरणमा आइपुग्दा समग्रमा ५ लाख ७९ हजार ३ सय ९५ क्रियाशील सदस्यता नवीकरण सम्पन्न भएको छ । बाँकी रहेका खोटाङ, बारा, कञ्चनपुर र कैलाली जिल्लामा जिल्ला कार्यसमितिबाट नवीकरण प्रक्रिया टुंगिएपछि कुल नवीकरण संख्या करिब ६ लाखभन्दा बढी पुग्ने अनुमान गरिएकाे छ ।

यस्तो छ हेर्नुहोस् संयुक्त विज्ञप्ति

यस्तो छ हेर्नुहोस् संयुक्त विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु