४ फाल्गुन २०८२, सोमबार

एकताबद्ध हुन संयोजक प्रचण्डको अपिल


प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपिल गरेका छन् ।

माओत्सेतुङको १३३ औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै संयोजक दाहालले माओले देखाएको आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण तथा जनताको वास्तविक लोकतन्त्र स्थापना गर्ने बाटोमा अग्रसर हुन अनुरोध गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !