३ फाल्गुन २०८२, आइतबार

बालेनसँग करिब साढे २ घण्टा वार्ता गरेर निस्किए रवि लामिछाने


रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौँ महानगरका मेयर बालेन साहसँग छलफल गरेर बाहिर निस्किएका छन् । ललितपुरको कुपण्डोल ज्वागलस्थित बालेनका सहयोगी कुमार बेनको घरमा करिब साढे २ घण्टा लामो छलफल सकेर रास्वपा सभापति लामिछाने बाहिर निस्किएका हुन् ।

आज दिउँसो काठमाडौँका मेयर बालेन र रास्वपा सभापति लामिछानेबीच ‘वान टू वान’ छलफल भएको थियो । बालेनसँगको छलफलबारे लामिछानेले कुनै प्रक्रिया दिएनन् । वार्तास्थलमा रहेका सञ्चारकर्मीले प्रश्न गरे पनि उनले बोल्न चाहेनन् ।

रास्वपा सभापति लामिछानेलाई पत्रकारहरूले के कुराकानी भयो भनेर सोधेका थिए। जबाफमा लामिछानेले ‘मेरो अनुहारले के भन्छ?’ भनेर प्रतिप्रश्न गरेका थिए

बालेन र लामिछानेबीच कसरी मिल्ने भन्ने विषयमा छलफल भएको रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले बताए । वार्तास्थल बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै कार्कीले मिलेर चुनावमा जाने विषय नै छलफलको एजेन्डा रहेको बताए ।

मेयर बालेनले बुधबारदेखि राजनीतिक भेटवार्ता गरिरहेका छन् । आज बिहान मन्त्री कुलमान घिसिङ र कांग्रेस नेता सुनिल शर्मासँग पनि उनले भेटवार्ता गरेका थिए। साथै अमरेशकुमार सिंहसँग पनि आज मेयर शाहको भेटवार्ता भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !