२ फाल्गुन २०८२, शनिबार

रवि र बालेनवीच ५ घण्टा ‘वान टु वान’ वार्ता


रवि र बालेनबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहवीच ५ घण्टा वान टु वान वार्ता भएको खुलेको छ । काठमाडौँको कमलपोखरीस्थित रास्वपा नेता असिम शाहको निवासमा हिजो राती भेटवार्ता भएको हो ।

स्रोतका अनुसार ६ घण्टासम्म चलेको वार्ताका क्रममा करिब ५ घण्टा रवि र बालेनले एक्ला एक्लै वार्ता गरेका थिए । सोअवधिभर अन्य नेताहरू छुट्टै बसेको बताइएको छ । वार्ताका रास्वपाका सभापति लामिछानेसहित उपसभापति डिपी अर्याल सहभागी थिए भने बालेन शाहसहित उनका सल्लाहकार कुमार बेन सहभागी थिए ।

रवि र बालेन वैकल्पिक राजनीतिलाई संस्थागत गर्दै मुलुकको परिवर्तनका लागि आगामी निर्वाचनमा मात्र नभई दीर्घकालीन रुपमा सँगै मिलाएर जाने विषयमा छलफल सकारात्मक भएको बताइएको छ । बैठक सकिएपछि प्रतिक्रिया दिँदै रास्वपा नेता शाहले भने दुई दाजु भाइको लामो प्रतीक्षापछिको भेट भएको बताए ।

पछिल्लो समय सत्ता समीकरण र आगामी चुनावी रणनीतिको चर्चा चलिरहँदा वैकल्पिक शक्तिका रूपमा हेरिएका यी दुई नेतृत्वको भेटलाई निकै अर्थपूर्ण मानिएको छ । रवि र बालेनबीचको यो भेटवार्ताले राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा गरिदिएको छ ।

हालै रास्वपाका एक शीर्ष नेताले बालेनलाई भावी प्रधानमन्त्री बनाएर जान सकिने भन्दै अन्तर्वार्ता दिएका छन् । यसरी रवि र बालेनबीच भेटवार्तालाई लिएर भावी देशको राजनीतिक समीकरण उथलपुथल हुने संकेत देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु