काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति नदिएतापनि आन्दोलनमा उत्रिएको मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहलाई प्रहरीले माइतीघरबाट हटाएको छ । जिल्ला प्रशासनको अनुमतिबिना आन्दोलनमा उत्रिएका मिराजको समूहलाई प्रहरीले माइतीघरबाट हटाएको हो ।
सरकारलाई दबाब दिन माइतीघर पुगेको मिराज समूहका केही जेनजीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं प्रशासनले माइतीघरमा उक्त समूहलाई प्रदर्शन गर्न अनुमति दिएको थिएन ।
अनुमतिबिना नै प्रदर्शन गर्न गएपछि प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको हो । सोही क्रममा केही जेनजीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई भ्यानमा राखेर सुरक्षित स्थानमा लगिएको छ ।
आन्दोलनकै दिन आज बिहान १० बजे जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेको ढुङ्गानाको टिमलाई अनुमति प्रदान नगरिएको जिल्ला प्रशासनले बताएको छ । ढुङ्गानाले गरी खान देऊ अभियान चलाउँछन् ।
अनुमतिबिना आन्दोलन गरेको भन्दै प्रहरीले मिराज ढुंगानाको जेनजी समूहका केही प्रदर्शनकारीलाई माइतघर मण्डला क्षेत्रबाट हटाएको छ । त्यस क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै आन्दोलनकारीले नाराबाजी गरेका छन् ।












