१ फाल्गुन २०८२, शुक्रबार

राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभामा उम्मेदवार सिफारिस


सुनिल बहादुर थापा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिल थापाको नाम पार्टीले राष्ट्रियसभा सदस्यको उम्मेदवारमा सिफारिस गरेको छ ।

नेपाली कांग्रेसको कोशी प्रदेश समिति बैठकले थापाको नाम राष्ट्रियसभा सदस्य उम्मेदवारमा सिफारिस गरेको कांग्रेस कोशी प्रदेश उपसभापति रमेशजंग रायमाझीले जानकारी दिए । थापाले केही दिनअघि पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवार बन्ने जानकारी राष्ट्रपति पौडेललाई गराएर सल्लाहकारबाट राजीनामा दिएका थिए ।

थापा २०७९ चैत १६ गते राष्ट्रपति पौडेलको राजनीतिक सल्लाहकारमा नियुक्त भएका थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट धनकुटामा प्रत्यक्षतर्फ उम्मेदवार बनेका थापा एमाले उम्मेदवार राजेन्द्र राईसँग पराजित भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !