३ फाल्गुन २०८२, आइतबार

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ गतेदेखि २९ गतेसम्म बस्ने


दोस्रो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक आगामी पुस २७ गतेदेखि २९ गतेसम्म बस्ने भएको छ । पार्टीको शुक्रबार बसेको केन्द्रीय कमिटीको पहिलो बैठकबाट उक्त प्रस्ताव पारित भएको हो ।

काठमाडौंमा आयोजित नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले उक्त प्रस्ताव पेश गरेका थिए । बैठकमा मनोनयन, पोलिट्ब्युरो र स्थायी कमिटी गठनलगायत विषयमा निर्णय हुने बताइएको छ ।

एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा अहिले काठमाडौंस्थित कार्की ब्यांक्वेटमा बसिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !