१ फाल्गुन २०८२, शुक्रबार

मौसम नखुलेपछि रवि लामिछाने चितवन हुँदै भैरहवा जाने


रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौँबाट भैरहवाको जहाज नउडेपछि भरतपुर हुँदै त्यसतर्फ जाने भएका छन् । रास्वपाका सभापति लामिछाने चितवनको भरतपुरसम्म जहाजमा गएर रुपन्देहीसम्म भने गाडीमार्फत जाने भएका हुन् ।

आज बिहान ७:५५ बजेदेखि भैरहवाको लागि उडान पर्खिएका उनी मौसम नखुलेपछि भरतपुरसम्म जहाजमा गएर त्यहाँबाट गाडीमा जाने रास्वपाका नेता गणेश पराजुलीले जानकारी दिए ।

लामिछाने भैरहवा जान शुक्रबार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । तर दिउँसो १ बजेसम्म पनि भैरहवाको मौसम खराब हुँदा लामिछाने काठमाडौँमै रोकिएका थिए ।

हिजो बिहीबार उच्च अदालत बुटवल तुलसीपुरले थुनाबाहिर बसेरै मुद्दा लड्न पाउने आदेश गरेसँगै लामिछाने अदालत उपस्थित हुन भैरहवा जान लागेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु