२ फाल्गुन २०८२, शनिबार

नेकपा एमालेको उपमहासचिवमा लेखराज, रघुवीर र योगेश निर्वाचित


नेकपा एमालेको उपमहासचिवमा लेखराज, रघुवीर र योगेश निर्वाचित

काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । लेखराज भट्टले १४५२, रघुवीर महासेठले १३६८ र योगेस भट्टराई १३४८ मत ल्याएर विजयी भएका हुन् ।

भट्ट र महासेठ केपी शर्मा ओली प्यानलबाट विजयी भएका हुन् भने भट्टराई ईश्वर पोखरेलको प्यानलबाट निर्वाचित भएका हुन् । यस्तै विष्णुप्रसाद रिमालले १०९१ मत, आनन्दप्रसाद पोखरेलले ६३५ मत, वैजनाथ चौधरीले ५१७ मत र राजेन्द्रप्रसाद गौतमले २७० मत प्राप्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु