१ फाल्गुन २०८२, शुक्रबार

एमाले मतगणना : अध्यक्षमा ओलीले पाए ३३३ मत, पोखरेल ११० मात्र


एमाले महाधिवेशन : मतदान जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतगणना जारी रहेको छ । निर्वाचन आयोगले प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ ।

आयोगका अनुसार हालसम्म अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ३३३ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११० मत प्राप्त गरेका छन् । केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले दिएको जानकारी अनुसार १० बजेदेखि सुरु मतगणनामा तीन घण्टा अर्थात् दिउँसो १ बजेसम्म मतपरिणाम सार्वजनिक हुने बताए ।

आज बिहान सम्पन्न मतदानमा दुई हजार २२७ जनाले मतदान गरेको र ३६ प्रतिनिधि मतदानमा अनुपस्थित भएका थिए । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता रहेका थिए ।

एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहानदेखि सुरू भएको मतदान आज बिहान ७ः०० बजे सम्पन्न भएको थियो । मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !