२ फाल्गुन २०८२, शनिबार

एमाले महाधिवेशनमा सकियो मतदान


एमाले महाधिवेशनमा सकियो मतदान

काठमाडौं । नेकपा (एमाले)को महाधिवेशनमा मतदान सकिएको छ । हिजो बुधबार बिहान ९ः१५ बाट सुरु भएको मतदान बिहीबार बिहान करिब पौने ७ बजे सकिएको हो ।

महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि भोटर थिए । २ हजार २२७ मत मात्र खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । ३६ जना अनुपस्थित रहेको बताइएको छ ।

महाधिवेशनमा ८० वटा इलेक्ट्रिक मेसिनबाट मतदान भएको थियो । भोटिङमा समय लागे पनि इलेक्ट्रिक मतदान भएकाले मतगणनामा भने धेरै समय नलाग्ने एमाले निर्वाचन आयोगले जनाएको छ ।

अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलको प्रतिस्पर्धा रहेको छ । महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु