२ फाल्गुन २०८२, शनिबार

एमाले महाधिवेशन : निर्वाचन कार्यक्रम स्थगित, भोलि बिहान ८ बजेबाट हुने


एमाले महाधिवेशन

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया भोलि बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ । केही समयपछि सुरु हुने भनिएको मतदान भोलि बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको हो ।

नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालिका भएतापनि प्राविधिक तयारी नपुगेको भन्दै आज हुने भनिएको मतदान कार्यक्रम स्थगित भएको एमालेको निर्वाचन आयोगले जनाएको छ ।

महासचिव शंकर पोखरेलले मतदानस्थलबाटै भोलि बिहान ८ बजेसम्मका लागि मतदान सरेको जानकारी दिए । प्रतिनिधिलाई भोलि बिहान भृकुटीमण्डपमा उपस्थिति हुन भनिएको छ ।

विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिँदै छ । रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान गरिने आयोगले जनाएको छ । एमाले अध्यक्षका निम्ति केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् ।

महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जना प्रतिस्पर्धामा छन् । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदै छ । सबै पदमा गरी ३०० बढी उमेदवार छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु