३ फाल्गुन २०८२, आइतबार

चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, यी हुन् बन्न लागेका चार मन्त्री


मन्त्रिपरिषद्का निर्णय

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । प्रधानमन्त्री कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।

आजै मन्त्रिपरिषद् विस्तार हुने स्रोतले जनाएको छ । बिहीबार मात्रै उनले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेकी थिइन् । वर्तमान मन्त्रिपरिषद्‌मा चार नयाँ मन्त्री थपिन लागेको हो ।

थपिन लागेकामा कुमार इङनाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, राजेन्द्रसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा, माधव चौलागाईं वन तथा वातावरण र श्रद्धा श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले उनीहरूलाई मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन् । नयाँ बन्न लागेका मन्त्रीको नाम आइपुगेको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ । उनीहरूको शपथ आज दिउँसो ३ बजेका निम्ति तय गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !