१ फाल्गुन २०८२, शुक्रबार

गगन थापा प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट सिफारिस


गगन थापा

काठमाडौँ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम रोल्पा जिल्लाबाट सिफारिस गरिएको छ ।

कांग्रेस जिल्ला कार्यसमितिको आज मंगलबार बसेको बैठकले महामन्त्री थापाको नाम आगामी फागुन २१ मा हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस गर्ने निर्णय गरेको हो ।

एउटा निर्वाचन क्षेत्र रहेको रोल्पामा थापासहित पाँचजना सिफारिस भएको छ । महामन्त्री थापसँगै प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणी आचार्य, डा. मन्दिप सुवेदी र ज्ञानबहादुर ओलीको नाम सिफारिस गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु