३ फाल्गुन २०८२, आइतबार

मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त


कृष्णप्रसाद यादव

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले नेपाली कांग्रेस संसदीय दलका नेता यादवलाई आज साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

सात दलीय गठबन्धनको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । काँग्रेस, जसपा नेपाल, जनमत, नेकपा (माओवादी केन्द्र), लोसपा र एकीकृत समाजवादीका ७७ जना सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !