१ फाल्गुन २०८२, शुक्रबार

जनार्दनको पार्टीमा लागेपछि कारबाही हुने डरले माओवादी कर्णालीका नेता शर्माद्वारा राजीनामा


राजकुमार शर्मा

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले दलको नेताबाट राजीनामा दिएका छन् । शर्माले बुधबार दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् ।

पत्रमा उनले लेखेका छन्, ‘उपरोक्त सम्बन्धमा म राजकुमार शर्मा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलको दल नेताको पदबाट राजीनामा दिएको व्यहोरा अवगत गराउँदछु ।’

पछिल्लो समय प्रचण्डको साथ छोडेका शर्मा जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेपछि दलको नेताबाट राजीनामा दिएका हुन् । उनले सांसद् पदबाट राजीनामा भने दिएका छैनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !