२ फाल्गुन २०८२, शनिबार

राष्ट्रिय सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला जारी


राष्ट्रिय सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला जारी

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको विशेष भेला जारी छ । राष्ट्रिय सभागृहमा जारी भेलामा बोल्ने नेताहरूले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने पक्षमा आआफ्नो भनाइ राखिरहेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि ११ मंसिरमा बस्दैछ । केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनको मिति तोकिनुपर्ने उनीहरूको माग छ । भेलामा विशेष महाधिवेशनको पक्षमा रहेका पुराना पुस्ताका नेता, जिल्ला सभापति, नयाँ पुस्ता लगायतका नेताहरू सहभागी छन् ।

भेलामा ४ केन्द्रीय सदस्य र २ जना प्रदेश सभापति सहभागी भएका छन् । भेला सञ्चालन गरिरहेका रमेश धमलाले कांग्रेस केन्द्रीय सदस्यहरू मधु आचार्य, तारामान गुरुङ, प्रतिमा गौतम र अजयबाबु सिवाकोटी सहभागी भएको जानकारी दिए । त्यस्तै भेलामा पार्टीको गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन पनि सहभागी छन् ।

कांग्रेसको १४ औँ महाधिवेशनमा २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेर सङ्कलन गरेको हस्ताक्षर गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए । आफूहरूको माग बमोजिम विशेष महाधिवेशन गर्न दबाब दिने उद्देश्यले उनीहरूले भेला गरेका हुन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु