२ फाल्गुन २०८२, शनिबार

एमालेद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको निवेदन


नेकपा (एमाले) फाइल फोटो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ताका लागि निवेदन दिएको छ । एमाले केन्द्रीय निर्वाचन विभागका प्रमुख निरज आचार्यसहितका नेताहरुले निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन् ।

आगामी फागुन २१ गते हुने उक्त आमनिर्वाचनका लागि हालसम्म आयोगमा दर्ता भएका ६७ राजनीतिक दलले चुनावमा भाग लिन दल दर्ताका लागि निवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

एमालेले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि नै दल दर्ताका लागि निवेदन दिइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !