काठमाडौं । नेपाल विद्यार्थी संघ (नेबिसंघ) का सभापति दुजाङ शेर्पाले विराटनगरमा महेश बस्नेतमाथि आक्रमण गरेर संगठनको नाम दुरुपयोग गर्नेमाथि कडा कारबाही गरिने प्रष्ट पारेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले संगठनको नाम दुरुपयोग गर्नेहरूलाई कडा कारबाही गरिने भन्दै शेर्पाले बस्नेतमाथि मसी छ्याप्ने कायरता नेविसंघको नभएको समेत वक्तव्यमार्फत प्रष्ट पारेका छन् ।
रातो मसी छ्याप्ने विराटनगर-२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर-१ का २५ वर्षीय सन्जोग गौतम कांग्रेस निकट नेविसंघमा आवद्ध विद्यार्थी रहेको प्रहरीले बताएको छ । युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा एयरपोर्ट लाइनको सडकमा बस्नेत सावरी कारमा रातो मसी फ्याँकिएको थियो ।












