काठमाडौँ । विभिन्न २३ वटा जेनजी समूहहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । आज बिहीबार राष्ट्रपति पौडेललाई जेनजीका माग पुरा नगर्ने भए प्रधानमन्त्री शुसिला कार्कीलाई फिर्ता गर्न राष्ट्रपति पौडेललाई माग गरेका हुन् ।
जेनजीले बुझाएको ज्ञापनपत्रमा वर्तमान कार्की नेतृत्वको सरकारबाट प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन र ठुला भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाहीलगायतका अपेक्षा गरिए पनि सरकार चुनावमा मात्र केन्द्रित भएको गुनासो गरिएको छ ।
उनीहरुले जेनजी विद्रोहको जगमा बनेको सरकारले केवल चुनाव मात्रै गराउने कुरा स्वीकार्य नहुने भन्दै दिशाहीन बनेको सरकारले आफ्ना माग पुरा गर्न नसके तत्काल प्रधानमन्त्रीलाई फिर्ता बोलाउन समेत माग गरेका छन् ।
राष्ट्रपति पौडेललाई ज्ञापनपत्र बुझाउनेमा जेनजी नेशनल फ्रन्ट लाइनर,जेनजी स्पार्क,एनटेक जेनजी,ऋणी एसोसिएसन,जेनजी वाई युनाइटेडलगायत रहेका छन् ।













