८ फाल्गुन २०८२, शुक्रबार

दुर्गा प्रसाईं समूहले गृहमन्त्रीलाई बुझायो २७ बुँदे मागपत्र

२७ बुँदे मागपत्र

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले गृह मन्त्रालयमा २७ बुँदे माग पत्र बुझाएको छ । आज गृहमन्त्री ओमप्रकाश अर्यालसहितको वार्तामा प्रसाईं समूहका माधव प्रसाद खतिवडाले मागपत्र बुझाएका हुन् ।

मागपत्रमा संविधान खारेजदेखि, राजसंस्था पुनर्स्थापना र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसम्म छन् । साथै बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण मिनाहाका माग पनि प्रसाईंले राखेको छ ।

त्यस्तै, प्रदेश संरचना खारेजीदेखि संविधान खारेज हुनुपर्नेसम्मका माग प्रसाईंले राखेका छन् । त्यस्तै प्रदेश संरचना खारेज गरी ५ विकास क्षेत्र, १४ अञ्चल, ७५ जिल्ला पुरानै अवस्थामा कायम गर्नुपर्ने माग छ ।

प्रसाईंले मंसिर ७ गतेदेखि देशभर चरणबद्ध प्रदर्शन गर्ने घोषणा गरेका थिए । आन्दोलन घोषणा गरेपछि गृह मन्त्रालयले उनलाई वार्ताका लागि बोलाएको थियो । तर वार्तामा प्रसाईं स्वयं भने सहभागी थिएनन् । प्रधानमन्त्रीस्तिरीय वार्ताबाहेक अन्य वार्तामा आफू नबस्ने भन्दै उनले आज प्रतिनिधि पठाएका हुन् ।

वार्तामा आफूहरूका मागका बारेमा सामान्य छलफल भए पनि सहमति नभएको खतिवडाले बताए । सरकारले आफूहरूका माग पूरा गर्ने प्रतिबद्धता जनाए पूर्वघोषित आन्दोलन फिर्ता लिने उनको भनइ छ ।

यी हुन् दुर्गा प्रसाईं समूहले गृहमन्त्रीलाई बुझाएको २७ बुँदे मागहरु

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !