८ फाल्गुन २०८२, शुक्रबार

मधेस प्रदेश प्रमुखमा सुरेन्द्रलाभ कर्ण नियुक्त


सुरेन्द्रलाभ कर्ण

काठमाडौं । मधेस प्रदेश प्रमुखमा सुरेन्द्रलाभ कर्ण नियुक्त भएका छन् । मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार कर्णलाई प्रदेश प्रमुख नियुक्त गरेका हुन् ।

“नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री सुरेन्द्र लाभ कर्ण, धनुषालाई मिति २०८२/०७र/२५ गतेदेखि मधेस प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ,” राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !