७ फाल्गुन २०८२, बिहिबार

सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै विप्लव समूहको प्रदर्शन


विप्लव समूहको प्रदर्शन

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौँमा प्रदर्शन गरेको छ । सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले आज बिहीबार र्यालीसहित शान्ति बाटिकाबाट भृकुटीमण्डपसम्म प्रदर्शन गरेको हो ।

भृकुटीमण्डप पुगेर प्रदर्शन र्यालीमा परिणत भएको छ । सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नेछन् । काठमाडौंमा आज दिउँसो सो पार्टीले प्रदर्शन साथै सभा पनि गरेको हो ।

गत भदौमा भएको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा समेत सार्वजनिक गरिने नेकपाले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !