१ फाल्गुन २०८२, शुक्रबार

रवि लामिछानेसँग जाँचबुझ आयोगले लियो ६ घण्टा बयान


रवि लामिछाने

काठमाडौं । जेनजी आन्दोलनको जाँचबुझ गर्ने आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग ६ घण्टा बयान लिएको छ । जाँचबुझ आयोगले लामिछानेसँग लियो ६ घण्टा बयान लिएर नख्खु कारागार फिर्ता पठाइएको हो ।

भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले बुधबार सिंहदरबारमा उनीसँग ६ घण्टा बयान लिएको हो। बयानका लागि लामिछानेलाई नक्खु कारागारबाट सिंहदरबारस्थित आयोगको कार्यालय झिकाइएको थियो । सबै कागजात मिलाउनुपर्ने र उनीसँग सम्बद्ध घटनाको संवेदनशीलताका कारण बयान लामो लिएको हो ।

जेनजी आन्दोलनको क्रममा रास्वपाका नेता कार्यकर्ताले नक्खु कारागारबाट लामिछानेलाई निकालेपछि अन्य कारागारबाट समेत कैदीबन्दी फरार भएका थिए।
अन्य ठाउँबाट भागेका कैदीबन्दीले लामिछानेलाई भगाउने आफूहरुचाहिँ किन जेलमै बस्नु पर्ने भन्दै सुरक्षाकर्मीसँग लफडा गरेका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !