२ फाल्गुन २०८२, शनिबार

रामकुमारी झाँक्रीले आज पत्रकार सम्मेलन गर्दै


रामकुमारी झाँक्री

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) सहितका बाम घटकसँगको एकता प्रक्रियामा सहभागी नहुने पक्षमा रहेका नेकपा एकीकृत समाजवादीको एक समूहले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

नेतृ रामकुमारी झाँक्री लगायतका नेताहरूको समूहले बिहान १० बजे बसेरा होटलमा पत्रकार सम्मेलन गर्न लागेको पूर्वमन्त्री किसान श्रेष्ठले जानकारी दिए । पत्रकार सम्मेलनमा झाँक्री लगायतले एमालेमा फर्कने घोषणा गर्दै छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !