काठमाडौं । नेकपा एमालेका नेता पासाङ शेर्पा पक्राउ परेका छन् । बहुविवाहको मुद्दामा दोषी ठहर एमाले नेता शेर्पा पक्राउ आज पक्राउ परेका हुन् ।
एमालेको केन्द्रीय सदस्यसमेत रहेका शेर्पालाई प्रहरीले आज मंगलबार काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरेको हो । अदालतको फैसला कार्यान्वयन गर्न प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष जेल र ५ हजार जरिवाना तोकिएको थियो ।













