१ फाल्गुन २०८२, शुक्रबार

फुट्यो माओवादी केन्द्र, जनार्दनले घोषणा गरे ‘प्रगतिशील अभियान नेपाल’


जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का पूर्वउपमहासचिव जनार्दन शर्माले ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गरेका छन् । आज मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गरी उनले प्रगतिशील अभियान नेपाल घोषणा गरेका हुन् ।

नेकपा एकीकृत समाजवादी लगायतका आठ दलसँग एकताको निर्णयमा पुगेको नेकपा माओवादी केन्द्र विभाजित भएको हो । पार्टीका पूर्वउपमहासचिव, शर्मा, पूर्वसचिव राम कार्की, पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखेलगायतले पार्टी परित्याग गर्दै नयाँ अभियान सुरु गरेका हुन् ।

पार्टीको मूल नेतृत्वसँग लामो समयदेखि संघर्ष गर्दै आएका शर्माले माओवादीको नेतृत्वमा भएको दश वर्षे संघर्षदेखि पछिल्लो जेनजी आन्दोलनले उठाएका माग र भावनाविपरीत पार्टी र नेतृत्व अघि बढेकाले एकता प्रक्रियाबाट बाहिरिएको बताए ।

पारदर्शितालाई आत्मसात् गर्ने, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायका समस्याप्रति प्रतिबद्ध रहने गरी अभियान घोषणा गरिएको उनले बताए । राजनीतिलाई व्यापारका रूपमा बुझ्न थालिएको उनले उल्लेख गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !