६ फाल्गुन २०८२, बुधबार

कांग्रेस संस्थापन समूहका केन्द्रीय सदस्यको भेला जारी


कांग्रेस संस्थापन समूहका केन्द्रीय सदस्यको भेला जारी

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन समूहको भेला जारी रहेको छ । काठमाडौँको नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्यांक्वेटमा संस्थापन समूहका केन्द्रीय समितिको भेला जारी रहेको हो ।

भेलामा कार्यसम्पादन समितिमा नभएका संस्थापन समूहका केन्द्रीय सदस्यहरू भेला भएका छन् । यो समूहले पार्टीको १५औं महाधिवेशनको मितित प्रस्ताव गर्ने तयारी गरेको छ ।

यता महामन्त्री गगन थापासहित इतर समूहका नेताहरूले मंसिर वा पुसमै महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । उता कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित संस्थापन समूह भने फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि पार्टीको महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !