४ फाल्गुन २०८२, सोमबार

निकोलसले माइतीघरमा आव्हान गरेको प्रदर्शनमा पुगेका ३ जना पक्राउ


माइतीघरमा आव्हान गरेको प्रदर्शनमा पुगेका ३ जना पक्राउ

काठमाडौं । डा. निकोलस भुसालले आव्हान गरेको प्रदर्शनमा आएका प्रदर्शनकारीहरु पक्राउ परेका छन् । काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न पुगेका ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गर्न आएका प्रदर्शनकारीहरुलाई धमाधम पक्राउ गरी भ्यानमा हालेको प्रहरीले जनाएको हो ।

उनले सरकारविरुद्ध २ बजे माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गर्न आह्वान थिए । भुसालले आव्हान गरेकाे आन्दाेलनमा सहभागी हुन आएकाहरुलाई प्रहरीले पक्राउ गर्न थालेपछि अन्य प्रदर्शनकारीहरु त्रसित भएका छन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गर्न पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जेनजी आन्दोलनको घटनामा ओली र लेखकसहित काठमाडौंका तत्कालीन सीडीओ छवि रिजालसमेतलाई पक्राउ गर्नुपर्ने भन्दै केही युवाहरू प्रदर्शनमा उत्रिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !