काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गरेकी छन् । मौजुदा मन्त्रिपरिषद्मा दुई जना नयाँ मन्त्री थपिएका हुन् ।
नवनियुक्त दुई मन्त्रीहरुले सपथ लिएका छन् । शीतल निवासमा आयोजित एक विशेष समारोहका वीच नवनियुक्त दुई मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ गराएका हुन् ।
नवनियुक्त मन्त्रीहरुमा डा. सुधा शर्मा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री रहेका छन् । उनीहरू दुई जनाको मात्रै आज शपथ भएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीका सिफारिस भएका गणपतिलाल श्रेष्ठको भूमिसम्बन्धी मुद्दा विचाराधीन रहेको विषय बाहिरिएपछि उनको पनि प्रधानमन्त्री कार्यालयले सिफारिस रोकेसँगै आज शपथ नभएको हो । यसअघि श्रम मन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनारको पनि शपथ रोकिएको थियो । यससँगै आज दुई मन्त्रीको मात्रै शपथ भएको हो ।












