४ फाल्गुन २०८२, सोमबार

मन्त्रिपरिषद् विस्तार हुँदै, यी चारजना मन्त्री बन्दै


मन्त्रिपरिषद् विस्तार

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । मौजुदा मन्त्रिपरिषद्मा चार जना नयाँ मन्त्री थपिने भएका छन् । राष्ट्रपतिसमक्ष उनले नयाँ मन्त्री नियुक्तिका निम्ति नाम सिफारिस गरेकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पूर्वसचिव डा. सुधा शर्मा, संस्कृति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा गणपतिलाल श्रेष्ठ, श्रम तथा रोजगारमन्त्रीमा खगेन्द्र सुनुवार र युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ता सिफारिस भएका छन् । उनीहरूले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !