४ फाल्गुन २०८२, सोमबार

सभामुखको छलफल : एमाले संसद् पुनर्स्थापनाको पक्षमा, कांग्रेसले चुनावको पक्षमा


एमाले संसद् पुनर्स्थापनाको पक्षमा, कांग्रेसले चुनावको पक्षमा

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् पुनर्स्थापनाका विषयमा राजनीतिक दलका नेताहरुसँग परामर्श गरेका छन् । उनले आफू नेतृत्वमा संसद् पुनर्स्थापनाका लागि जाने तयारी गर्दै दलहरुसँग धारणा मागेका हुन् ।

यसअघि नै घिमिरले संसद् पुनर्स्थापनाका विषयमा दलहरुको धारणासहित आउन भनेका थिए । आज सभामुखले बोलाएको बैठकमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सर्वोच्चमा रिट पुगिसकेको बताउँदै सर्वोच्चको व्याख्या र आदेशलाई मान्दै निर्वाचनको तयारी पनि थाल्ने बताए । उनले सर्वोच्चले जे आदेश दिए पनि मान्ने बताए ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकार चुनाव गराउने बाटोमा नगएको बताउँदै अहिले संसद् पुनर्स्थापना आवश्यक भएको बताए । उनले एमाले पुनर्स्थापनाको पक्षमा रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !