काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो जीवन रहेसम्म देश र जनताका लागि समर्पित हुने बताएका छन् । आज मंगलबार केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले जनताका अधिकारका लागि आफूले विभिन्न समयमा गरेको संघर्षसमेत स्मरण गराए ।
सभापति देउवाले जेनजी आन्दोलनपछि विकसित परिस्थितिमा अन्तरिम सरकार गठन भएर प्रतिनिधिसभा निर्वाचनको मिति तोकिए पनि चुनावका लागि आवश्यक वातावरण बन्न नसकेको प्रष्ट पारे ।
कांग्रेसका सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेका छन् । आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार बोल्दै आफूले खड्कालाई कार्यवाहक दिएको बताए ।
देउवाले आफू पाँच पटक प्रधानमन्त्री भएपनि पूरा कार्यकाल चलाउन नपाएको बताएका छन् । उनले १५ औं महाधिवेशन तोकेको अवधिमै हुने बताए। उनले नियमित महाधिवेशन हुने पनि बताए ।
यस्तो छ हेर्नुहोस् देउवाको मन्तव्यको पूर्णपाठ












