४ फाल्गुन २०८२, सोमबार

पार्टी एकताको विपक्षमा उभिएका खनालले नेपाललाई लगाए दक्षिणपन्थीको आरोप


पार्टी एकताको विपक्षमा उभिएका खनालले नेपाललाई लगाए दक्षिणपन्थीको आरोप

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालवीच किचलो उत्पन्न भएको छ । नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताको विपक्षमा उभिएका खनाल र नेपालवीच फेरि द्वन्द सिर्जना भएको हो ।

समाजवादी र माओवादीबीच एकताको गृहकार्य भइरहेका खनालले कसैसँग पनि पार्टी एकीकरण गर्न नहुने बताएका हुन् । पत्नीको उपचारको सिलसिलामा भारतको नयाँदिल्लीमा रहेका खनालले पार्टीको सचिवालय बैठकमा पठाएको लिखित धारणामा असहमति प्रकट गरेका हुन् ।

उनले सबैभन्दा पहिले नेकपा एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गर्नुको कारणबारे निर्मम समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् । खनालले आफ्नो पार्टी अध्यक्ष नेपालसहित वामपन्थी दलहरु दक्षिणपन्थीको पछि लागेको आरोप समेत लगाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !