३ फाल्गुन २०८२, आइतबार

महाधिवेशनको मिति प्रस्ताव गर्न एमाले सचिवालय बैठक बस्दै


एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । हिजो शनिबारका लागि निर्धारित बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएको भन्दै बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको थियो ।

भक्तपुरको गुन्डुमा शुक्रबार बसेको सचिवालय बैठकको पहिलो दिन नेताहरूले पार्टी पुनर्गठनको विषय उठाउँदै अध्यक्ष ओलीलाई मार्गप्रशस्त गर्न सुझाव दिएका थिए । बैठकमा पार्टी पुनर्गठन, संसद् पुनर्स्थापना कि निर्वाचन भन्ने विषयमा नेताहरूले धारणा राखेतापनि निष्कर्ष भने निस्किसकेको छैन ।

सचिवालय बैठकबाट पार्टी महाधिवेशनको मिति प्रस्ताव गरिनेछ । पार्टीको महाधिवेशन आउँदो मंसिर अन्तिममा वा पुसको सुरुमा गर्नेे गरी प्रस्ताव गरिने सम्भावना छ । महाधिवेशनको मिति केन्द्रीय कमिटीले तोक्नेछ । एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २९ देखि ३१ गतेसम्मका निम्ति बोलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !