काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल शनिबार बिहान महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।
सो सेन्टरका कार्यकारी निर्देशक प्रा.डा.रत्न मणि गजुरेल विज्ञप्ति जारी गर्दै राष्ट्रपतिकाे उपचार भइरहेकाे र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका हुन् ।
विज्ञप्तिमा भनिएकाे छ, ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्य अवस्थामा समस्या आएपछि यस सेन्टरमा उपचारार्थ भर्ना हुनुभएको छ। हाल सम्माननीयज्यूको स्वास्थ्य परिक्षण भइरहेको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँदछौं ।’













