काठमाडौँ । प्रहरीले काठमाडौँको माइतीघर मण्डलामा भेला भएका जेनजीहरुलाई छानी-छानी पक्राउ गरेको छ । अहिलेसम्म डा. निकोलस भुसाल, सञ्जीव दाहाल र एसपी साहसहित १६ जना पक्राउ परेका हुन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरु प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको प्रहारीले जनाएको छ ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । माइतीघर क्षेत्रमा भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै भेला भएको थियो ।












