काठमाडौँ । प्रहरीले काठमाडौँको माइतीघर मण्डलाबाट डा. निकोलस भुसालसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुसाल, सञ्जीव दाहाल र एसपी साह गरी ३ जना रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरु प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको प्रहारीले जनाएको छ ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । माइतीघर क्षेत्रमा भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने बताइएको थियो ।
जेन–जीका विभिन्न समूहहरुले माइतीघरमा प्रदर्शन गर्ने भन्दै पुगेका थिए । अहिले प्रहरीले माइतीघर नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् ।












