काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र हामी नेपाल नामक संस्थाका संस्थापक सुदन गुरुङविरुद्ध काठमाडौं प्रहरी परिसर जाहेरी दिएका छन् ।
नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको टोली जिल्ला प्रहरी परिसर काठमाडौंमा आज जाहेरी दिन पुगेको थियो । प्रहरीले उक्त जाहेरी फोटोकपी मात्रै गरेर राखेको छ । नेपाल प्रहरीले २४ घण्टापछि जवाफ दिने भएको छ ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध किटानी जाहेरी दिने प्रयाससँगै सो पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले काउन्टरस्वरुप मेयर साह र गुरुङविरुद्ध काउन्टर जाहेरी अखिलका नेताहरू काठमाडौं प्रहरी परिसर दिएका हुन् ।
सिंहदरबार लगायत सरकारी संरचनामा आगजनी गरिएको, निजी सम्पत्ति ध्वंस गरिएको र प्रहरीहरुको हत्या गरिएकोमा बालेन र सुदनलाई आरोपित गर्दै आज साँझ ५ बजे किटानी जाहेरी अनेरास्वियुले दिएको हो ।













